September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने रियल म्याड्रिडका पूर्व खेलाडीका लागि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्वो र अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आवद्ध क्लबहरु प्रतिष्पर्धा गर्ने भएका छन्।

रियल म्याड्रिडका पूर्व खेलाडी राफेल भरानका लागि रोनाल्डो आवद्ध साउदी क्लब अल नासर र मेस्सी आवद्ध अमेरिकी क्लब इन्टर मियामी आमने-सामने हुन लागेको दावी विभिन्न खेल मिडियाहरुले गरेका हुन्।

पत्रकार एकरेम कोनुरका अनुसार अल-नासर र इन्टर मियामी दुबै ग्रीष्मकालीन स्थानान्तरण विन्डोमा नि: शुल्क स्थानान्तरणमा भरानलाई आफ्नो बनाउन चाहन्छन्।

दुवै टोलीले रियल म्याड्रिडका पूर्व खेलाडीलाई नियमित टोलीको हिस्सा बनाउनको लागि प्रस्ताव पठाउने तयारी गरिरहेको बताइएको छ। रियल म्याड्रिडबाट म्यानचेस्टर युनाइटेड पुगेका भरानले क्लब छाड्ने निश्चित भैसकेको छ।

फिफा विश्वकपको उपाधि र अहिलेसम्म चार यूईएफए च्याम्पियन्स लिग ट्रफी जितिसकेका भरानले २०२३-२४को सिजनमा म्यानचेस्टर युनाइटेडका लागि लय समात्न संघर्ष गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *