एजेन्सी – कोपा अमेरिका उपाधि रक्षाको अभियानमा रहेको अर्जेन्टिना अमेरिकामा जारी युरो कप २०२४ को दोस्रो खेलका लागि बुधबार बिहान एक्सनमा उत्रँदैछ।
कोपा अमेरिकाको दोस्रो खेलमा अर्जेन्टिनाको सामना चिलीसँग हुनेछ। चिली र अर्जेन्टिना बीचको खेल मेटलाइफ स्टेडियममा नेपाली समय अनुसार बिहानको ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको थियो। सो खेलमा अर्जेन्टिना २-० को गोल अन्तरले विजयी भएको थियो। चिलीले भने पहिलो खेलमा पेरुको सामना गरेको थियो।
सो खेल गोलरहित बराबरीमा रोकिन पुगेको थियो। अर्जेन्टिना मंगलबार बिहान ब्याक टु ब्याक जित निकाल्ने योजना सहित मैदानमा उत्रँदा चिली प्रतियोगिताको पहिलो जितको खोजमा हुनेछ।
हेड टु हेड
चिली विरुद्ध अर्जेन्टिनाको इतिहाँस धेरै बलियो छ। दुई टोली अहिले सम्म ९५ पटक आमने-सामने भएका छन्। जसमध्ये ६५ खेलमा अर्जेन्टिना विजयी भएको छ।
चिलीले अर्जेन्टिनाविरुद्ध मात्र आठ पटक जित निकालेको छ। दुई टोलीबीचको अघिल्लो भेट २०२२ मा भएको थियो। जुन खेल अर्जेन्टिनाले २-१ को गोल अन्तरले जितेको थियो।