December 23, 2024

एजेन्सी – साविक विजेता इटाली युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि इटाली अन्तिम १६ मा प्रवेश गरेको हो।

सोमबार राति क्रोएसियासँग हार्न लागिसकेको खेलमा अन्तिम समयमा बराबरी गर्दै इटालीले अन्तिम १६ मा स्थान बनायो। इटाली र क्रोएसियाले १-१ को बराबरी खेल्दा इटाली अन्तिम १६ मा पुग्न सफल भयो।

इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटालीले सबैलाई चकित बनायो।

पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल भएनन्। तर दोस्रो हाफको सुरुवातमै क्रोएसियाले अग्रता लियो। सो गोल ५५औं मिनेटमा लुका मोड्रिचले गरेका थिए।

त्यस अगाडी मोड्रिच पेनाल्टीमा चुकेका थिए। इन्ज्युरी समयको आठौं मिनेटमा रिकार्डो कालाफिओरीको पासमा बक्सको छेउबाट माटिया जाकाग्नीले गोल गर्दा खेल १-१ को बराबरीमा पुग्यो।

इटालीले तीन खेलमा एक जित, एक बराबरी र एक हार सहित ४ अंक बटुल्दा क्रोएसियाको ३ खेलमा २ अंक मात्र छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *