एजेन्सी – इटालीसँग बराबरी खेलेसंगै क्रोएसिया जर्मनीमा जारी युरो कपबाट लगभग बाहिरिएको छ। अब क्रोएसिया अन्तिम चरणमा अपुगने झिनो सम्भावना मात्रै छ।
तर त्यसको लागि धेरै टोली बीचको खेलको नतिजमा भर पर्नुपर्ने हुन्छ। सोमबार राति क्रोएसियाले इटालीको सामना गरेको थियो। सो खेलमा क्रोएसियाले महत्वपूर्ण अवसर गुमायो।
अन्तिम समयमा सम्हालिन नसक्दा क्रोएसियाले जितिसकेको खेलमा बराबरीमा रोकिन परेको थियो। क्रोएसियाले इन्ज्युरी समयको आठौँ मिनेटमा गोल बहोरेको थियो।
क्रोएसिया बराबरीमा रोकिएपनि कप्तान लुका मोड्रिचले भने धेरै दुर्लभ रेकर्ड बनाए। क्रोएसियाका लागि गोल गर्ने बितिकै मोड्रिचले मंगलबार राति दुर्लभ रेकर्ड बनाएका हुन्।
इटाली विरुद्ध पेनाल्टीमा गोल गर्ने अवसर गुमाएपनि मोड्रिचले पछि गोल गरेका थिए। उनले खेलको ५५ औं मिनेटमा क्रोएसियाका लागि एक मात्र गोल गरेका थिए।
सो गोल गरेसंगै मोड्रिचले युरोमा गोल गर्ने सबै भन्दा पाका खेलाडी बने। मंगलबार मोड्रिचको उमेर ३८ वर्ष २ सय ८९ दिन थियो।