September 19, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबर अनुसार साउदी क्लब अल नासरमा साडियो माने सन्तुष्ट छैनन्। माने अल नासर छाड्ने मनस्थितिमा रहेको दावी केहि खेल मिडियाहरुले गरेका हुन्।

माने अल नासरमा खासै सन्तुष्ट नरहेको र क्लब छाड्ने सोचमा रहेको स्पेनिस पत्रिका एएसले जनाएको छ। जर्मन क्लब बायर्न म्युनिखबाट अल नासर पुगेको एक सिजनमै माने दिक्क भएको बताइएको छ।

पूर्व लिभरपुल स्टारले सन् २०२३ मा जर्मनीमा मात्र एक सिजन बिताए पछि बुन्डेसलिगा दिग्गज क्लब बायर्न म्युनिखसँग सम्बन्ध तोड्दै मध्य पूर्वको यात्रा तय गरेका थिए।

त्यसबेला उनले अल-नासरसँग तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए। एएसले गरिरहेको दावी अनुसार माने अहिले देखि नै थप विकल्पहरू बारे सोचिरहेका छन्।

माने युरोप फर्किन सम्भव नभए साउदीकै अन्य क्लबमा जान समेत तयार रहेको बताइएको छ। मानेले रियल म्याड्रिडका पूर्व स्ट्राइकर करिम बेन्जेमासँग अल-इतिहादमा सम्पर्क गर्न सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *