December 23, 2024

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो जर्मनीमा जारी युरो कपको समूह चरणमा गोल बिहिन बन्न पुगेका छन्। समूह चरणको तेस्रो खेलमा पनि गोल गर्न नसकेपछि रोनाल्डो गोल बिहिन बन्न पुगेका हुन्।

युरो कपको पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिक माथि २-१ को जित निकालेको थियो। सो खेलमा उनले गोल गर्न सकेका थिएनन्। दोस्रो खेलमा पनि त्यस्तै भयो। रोनाल्डोले गोल गर्न सकेनन्।

यधपी टर्की विरुद्धको खेलमा रोनाल्डोले एक असिस्टको योगदान भने दिएका थिए। तेस्रो खेलमा पोर्चुगलले बुधबार राति कम्जोर मानिएको टोली जर्जियाको सामना गर्यो।

जर्जिया विरुद्ध पनि रोनाल्डोले गोल गर्न सकेनन्। कम्जोर प्रदर्शन गरेपछि रोनाल्डोलाई खेलको बीचमै मैदानबाट फिर्ता बोलाइएको थियो। सो खेलमा रोनाल्डोलाई ६६ औं मिनेटमा प्रतिस्थापन गरिएको थियो।

कुनै पनि प्रमुख प्रतियोगिताको समूह चरणमा रोनाल्डोले गोल गर्न नसकेको यो पहिलो पटक हो। यस भन्दा अगाडी उनले कहिल्यै समूह चरणमा गोल बिहिन हुन परेको थिएन।

बुधबार राति पोर्चुगलले जर्जिया विरुद्ध कम्जोर प्रदर्शन गर्दै २-० को हार बेहोरेको थियो। हारका बाबजुत पोर्चुगल अन्तिम १६ मा प्रवेश गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *