एजेन्सी – बार्सिलोनाका पूर्व मिडफिल्डर अर्टुरो भिडालले अर्जेन्टिनाका महान फरवार्ड लियोनेल मेस्सी बालोन डी’ओर जित्ने दौडमा फिर्ता हुन सक्ने बताएका छन्।
एक कुराकानीका क्रममा बार्सिलोनाका पूर्व मिडफिल्डर अर्टुरो भिडालले मेस्सी बालोन डी’ओर जित्ने दौडमा फिर्ता हुन सक्ने बताएका हुन्। अर्जेन्टिनासँग कोपा अमेरिका जितेको खण्डमा मेस्सी बालोन डी’ओर जित्ने दौडमा फिर्ता हुन सक्ने उनको भनाई छ।
स्ट्रिमर डेभो जेनेइजसँगको कुराकानीका क्रममा उनले अहिलेको अवस्थामा स्पेनिस महारथी रियल म्याड्रिडका ब्राजिलियन स्टार जुड बेलिङ्घम बालोन डी’ओरको मुख्य दाबेदार रहेको बताउन छुटाएनन्।
उनका अनुसार रियलका जुड बेलिङ्घम पनि सो दौडमा रहेका छन्। तर जारी युरो कपमा राम्रो प्रदर्शन गर्न नसकेको खण्डमा भने जुड बेलिङ्घमले बालोन डी’ओर जित्न नसक्ने उनले बताए।
“मलाई जुड बेलिङ्घम धेरै मन पर्छ। उनी गोल गर्दछन्, बल पास गर्छन्। रियल म्याड्रिडका लागि जुड उत्कृष्ट थिए। उनले युरोमा राम्रो खेल्नु पर्छ। कोपा अमेरिका जिते भने लियो मेस्सी पनि दौडमा फर्किन सक्छन्।”,भिडालले भने।
भिडालले बार्सिलोनामा हुँदा मेस्सीसंगै खेल्ने अवसर पाएका थिए। उनले सन् २०१८ देखि सन् २०२० सम्म बार्सिलोनाका लागि ९६ खेल खेलेका थिए।