September 19, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई स्पेनिस युवा खेलाडी मार्क गुइउले झड्का दिएका छन्। आफ्नो भविष्य बारे बोल्ड निर्णय गर्दै मार्क गुइउले बार्सिलोनालाई झड्का दिएका हुन्।

मार्क गुइउले बार्सिलोना छाड्ने निर्णय गरेको र त्यसले बार्सिलोनाका उच्च अधिकारीहरुलाई चकित बनाएको स्पेनबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

खबरका अनुसार युवा खेलाडीले बार्सिलोना छाड्दै प्रिमियर लिग क्लब चेल्सी आवद्ध हुने निर्णय गरेका छन्। क्याटलान दिग्गजहरूबाट प्राप्त स्थायी वरिष्ठ अनुबन्ध प्रस्ताव युवा खेलाडीले अस्वीकार गरेको बताइएको छ।

मार्क गुइउ बार्सिलोनाको प्रसिद्ध एकेडेमी ला मासियाका उत्पादन हुन्। उनले पूर्व प्रशिक्षक जाभीको नेतृत्वमा २०२३-२४ अभियानमा सिनियर टोलीमा खेल्ने अवसर समेत पाएका थिए।

उनले अक्टोबर २०२३ मा ला लिगा खेलमा एथलेटिक क्लब विरुद्धको बेन्चमा आफ्नो सिनियर डेब्युमा विजयी गोल गरेक थिए। जससंगै उनी डेब्यूमा बार्सिलोनाका लागि गोल गर्ने सबै भन्दा कान्छा खेलाडी बनेका थिए।

मार्क गुइउलाई उनीहरूको ‘भविष्यको स्ट्राइकर’ को रूपमा हेरिएको थियो। मार्क चेल्सी जाने खबरलाई ट्रान्सफर बजारका राम्रा जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *