September 19, 2024

एजेन्सी – साउदी प्रो लिगको एक क्लब प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्टार मार्कस रासफोर्डलाई भित्र्याउन इच्छुक देखिएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार साउदी क्लब अल इत्तिहाद मार्कस रासफोर्ड भित्र्याउन इच्छुक देखिएको हो।

अल इत्तिहाद मार्कस रासफोर्ड भित्र्याउन इच्छुक रहेको र त्यसका लागि छिट्टै म्यानचेस्टर युनाइटेडलाई सम्पर्क गर्ने तयारीमा रहेको केहि खेल मिडियाहरुले दावी गरेका छन्।

रासफोर्डले गत गर्मीमा म्यानचेस्टर युनाइटेडसँग नयाँ दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेका थिए। तर २०२३-२४को सिजन उनका लागि निराशजनक रह्यो।

२६ वर्षीय मार्कस रासफोर्डले गत सिजन ४३ खेलमा ८ गोल गर्दा मात्र ५ असिस्ट प्रदान गरेका थिए। सिजन भर कम्जोर प्रदर्शन गरेका कारण उनले इंग्ल्याण्डको टोलीमा स्थान बनाउन सकेनन्।

युनाइटेडका लागि रासफोर्डले सन् २०१६ मा १८ वर्षको उमेरमा युनाइटेडका लागि डेब्यू गरेका थिए। त्यसयता उनले युनाइटेडका लागि ४ सय २ खेलमा १ सय ३१ गोल गरेका छन् भने ६६ असिस्ट प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *