December 23, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले अमेरिकामा जारी कोपा अमेरिकाको समूह चरणको अन्तिम खेल गुमाउने भएका छन्। विभिन्न खेल मिडिया तथा पत्रकारहरुका अनुसार मेस्सीले कोपा अमेरिकाको तेस्रो खेल गुमाउने भएका हुन्।

अर्जेन्टिनाले कोपा अमेरिकाको समूह चरणमा ब्याक टु ब्याक जित निकालिसकेको छ। जससंगै अर्जेन्टिना एक खेल बाँकी छँदै क्वाटरफाइनल मा प्रवेश गरिसकेको छ।

समूह चरणको दोस्रो खेल पश्चात मेस्सीले खेलभर आफूले असहज महसुस गरेको बताएका थिए। जसकारण अब उनलाई समूह चरणको अन्तिम खेलमा आराम दिइनेछ।

चिलीमाथि १–० को जित निकाल्दा मेस्सीको तिघ्रामा सामान्य चोट लागेको बताइएको छ। सो चोटका कारण अब मेस्सी आइतबार एक्सनमा नउत्रिने पत्रकार डिएगो मोनरोइगको दावी छ।

महादेशीय प्रतियोगिताको साविक विजेता अर्जेन्टिना दुई खेलबाट ६ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ । क्यानडा अहिले तीन अंकसहित दोस्रो स्थानमा छ, जबकि अन्तिम समूह चरणको भिडन्तमा चिली र पेरु दुवै एक-एक अंकमा छन्।

अर्जेन्टिनाले आइतबार पेरुको सामना गर्दैछ। सो खेल नेपाली समय अनुसार बिहानको ५ बजेर ३० मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *