September 19, 2024

एजेन्सी – लिभरपुलका पूर्व डिफेन्डर जोस एनरिकले जर्मनीमा जारी युरोको नकआउट चरणमा कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्ने दावी गरेका छन्।

एक कुराकानीका क्रममा एनरिकले युरो कपको नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै कप्तान रोनाल्डोले आलोचना गर्नुहरुलाई गलत सावित गर्ने दावी गरेका हुन्।

भूतपूर्व स्पेनिस फुल ब्याकले स्लोभेनिया विरुद्ध अन्तिम १६ मा रोनाल्डोले गोल गर्ने र पोर्चुगल विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गर्ने भविष्यवाणी गरे ।

त्यसक्रममा उनले स्लोभेनिया विरुद्धको खेल पोर्चुगलका लागि सहज नहुने बताउन पनि छुटाएनन्। खेल सहज नभए पनि पोर्चुगल १-० को गोल अन्तरले विजयी हुने उनको भविष्यवाणी छ।

“पोर्चुगलको स्लोभेनिया विरुद्धको राउन्ड अफ १६ खेलमा रोनाल्डोले कम्ब्याक गर्नेछन्। उनको समूह चरणको प्रदर्शन उत्कृष्ट थिएन र उनको प्रदर्शनको आलोचना भयो। मलाई लाग्दैन कि स्लोभेनिया सजिलो खेल हो। तर मलाई लाग्छ कि क्रिस्टियानोले विजेतालाई गोल गरेपछि उनीहरूले खेल जित्नेछन्।”,उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *