September 19, 2024

एजेन्सी – जर्मनीमा जारी युरो कपको क्वाटरफाइनलमा स्थान बनाउन पोर्चुगल आज राति मैदानमा उत्रँदैछ। युरो कपको अन्तिम १६ मा पोर्चुगलले स्लोभेनियाको सामना गर्नेछ।

आज राति हुने पोर्चुगल र स्लोभेनिया बीचको भेट फुटबल इतिहाँसको दोस्रो भेट हुनेछ। यस भन्दा अगाडी यी दुई टोली एक पटक मात्र आमने-सामने भएका छन्।

यसै वर्ष मार्चमा भएको मैत्रीपूर्ण खेलमा स्लोभेनिया विजयी भएको थियो। सो खेल स्लोभेनियाको लागि लुब्जानामा भएको थियो। जसमा स्लोभेनिया २-० को गोल अन्तरले विजयी भएको थियो।

कुनै पनि प्रमुख प्रतियोगिताको नकआउट चरणमा स्लोभेनिया पुगेको यो पहिलो पटक हो। यस भन्दा अगाडी कुनै पनि प्रमुख प्रतियोगिताको नकआउट चरणमा पुग्न सकेको थिएनन्।

पोर्चुगलका लागि भने आजको खेल २६ औं नकआउट खेल हुनेछ। सन् २०१६ मा युरो कप जितेयता पोर्चुगलले चार मध्ये ३ नकआउट चरण खेलमा पराजय भोगेको छ।

आज हुने खेलमा दुवै टोली जित निकालेर क्वाटरफाइनल प्रवेश गर्ने योजनामा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *