September 19, 2024

एजेन्सी – पोर्चुगल जर्मनीमा जारी युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गोलरक्षक नायक बन्द पोर्चुगल क्वाटरफाइनल प्रवेश गरेको हो।

गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४को क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा कुनै पनि टोलीबाट गोल हुन सकेन। फलस्वरुप खेल टाइब्रेकरमा गयो। खेल टाइब्रेकरमा जानु अगाडी कप्तान क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न चुकेका थिए।

फ्रान्कफर्टमा सम्पन्न खेलको १ सय ५ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मिस गरेका थिए। रोनाल्डोले बटम कर्नर तर्फ गरेको प्रहारलाई स्लोभेनियाका गोलरक्षकले छेकेका थिए।

टाइब्रेकरमा स्लोभेनियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले रोके। क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरे। पुनः स्लोभेनियाका खेलाडीले गरेका दुई पेनाल्टी प्रहार कोस्टाले रोके।

पोर्चुगलका ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भा पेनाल्टीमा कुनै गल्ति नगर्दा पोर्चुगल विजयी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *