एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीमा जारी युरो कपको क्वाटरफाइनलमा हुने फ्रान्ससँगको भेटलाई ‘युद्ध’को संज्ञा दिएका छन्।
युरो कपको अन्तिम १६ मा स्लोभेनिया विरुद्ध कठिन जित निकालेपछि कुराकानी गर्नेक्रममा रोनाल्डोले युरो कपको क्वाटरफाइनलमा हुने फ्रान्ससँगको भेटलाई ‘युद्ध’को संज्ञा दिएका हुन्।
फ्रान्स युरो कपको दाबेदार मद्ये रहेको र फ्रान्स विरुद्धको खेल सहज नहुने रोनाल्डो बताए। तर त्यसक्रममा आफूहरु नडराउने बताउन पनि रोनाल्डोले छुटाएनन्।
“हामीले अब फ्रान्ससँग कठिन खेल खेल्ने छौं। फ्रान्स दाबेदार हो। हामी युद्धमा जाँदैछौँ। टोली राम्रो छ र म यो जर्सीको साथ आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु। मैले पेनाल्टी गुमाए, त्यसको जिम्मेवारी मैले लिनु पर्छ। म केहि कुराको सामना गर्न पनि डराउँदिन”,रोनाल्डोले भने।
नकआउट चरणमा पोर्चुगलले स्लोभेनियालाई टाइब्रेकरमा पराजित गर्यो। गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल विजयी भएको हो।
फ्रान्सले भने नकआउट चरणमा बेल्जियमलाई पराजित गर्यो। फ्रान्स र पोर्चुगल बीचको खेल अब शुक्रबार राति हुनेछ।