September 19, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरेको छोटो समयमै इथान एम्बाप्पेले नयाँ क्लब फेला पारेका छन्। पिएसजी छाडेको एक महिना पनि नपुग्दै इथानले नयाँ क्लब फेला पारेका हुन्।

विभिन्न खेल मिडियाहरुका अनुसार इथान छिट्टै फ्रेन्च क्लब लिल आवद्ध हुन सक्छन्। लिलले इथानलाई छिट्टै भित्र्याउने तयारी गरिरहेको बताइएको छ। इथानको ट्रान्सफर फ्री हुनेछ।

दाजु किलियन एम्बाप्पेले गत महिना मात्र पिएसजी छाडेर रियल म्याड्रिडसँग सम्झौता गरेका थिए। त्यसको केहि साता पश्चात इथानले पनि पिएसजी छाडेर जाने निर्णय गरेका थिए।

इथान एम्बाप्पे सन् २०१७ मा पिएसजी आवद्ध भएका थिए। त्यसबेला उनी मात्र ११ वर्षका थिए। सात वर्ष पिएसजीमा हुँदा उनी एकेडेमी हुँदा सिनियर टोली सम्म पुगे।

इथानले गत सिजन पिएसजीको सिनियर टोलीका लागि डेब्यु गरेका थिए। उनले पिएसजीका लागि ५ सिनियर खेल खेलेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *