एजेन्सी – युरो कपको सेमिफाइनलमा स्थान बनाउनको लागि आज राति फ्रान्स र पोर्चुगल आमने-सामने हुँदैछन्। युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आज राति आमने-सामने हुन लागेका हुन्।
फ्रान्स र पोर्चुगल बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। आज दुवै टोली जित निकाल्दै युरो कपको सेमिफाइनलमा प्रवेश गर्ने योजनामा हुनेछन्।
आज हुने फ्रान्स र पोर्चुगलको भेट युरोपियन च्याम्पियनशिपको पाँचौं भेट हुनेछ। पछिल्ला दुई भेटअ पोर्चुगल फ्रान्ससँग पराजित भएको छैन। सन् २०१६ को युरोमा पोर्चुगलले फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो।
त्यस्तै सन् २०२० को युरोको समूह चरणमा भेट हुँदाको खेल २-२ को बराबरीमा रोकिएको थियो। सबै प्रतियोगिताको कुरा गर्दा पछिल्ला १४ भेटमा फ्रान्स पोर्चुगलसँग एक खेलमा मात्र पराजित भएको छ।
जसमा ११ जित र दुई बराबरी छन्। युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा पोर्चुगलको यो सातौं उपस्थिति हुनेछ। आज फ्रान्स पछिल्लो पाँच प्रमुख टूर्नामेंटमा चौथो पटक सेमिफाइनल पुग्ने प्रयासमा हुनेछ।