September 19, 2024

एजेन्सी – उपाधि दाबेदार मानिएको ब्राजिल कोपा अमेरिकाबाट बाहिरिएको छ। अमेरिकामा जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा पराजित भएसंगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको हो।

आइतबार बिहान भएको खेलमा ब्राजिल पेनाल्टी सुटआउटमा उरुग्वेसँग पराजित हुन पुग्यो। अमेरिकाको फिनिक्समा उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्यो।

बलमा बढी नियन्त्रण राखेपनि ब्राजिलले उरुग्वे विरुद्ध गोल गर्न सकेन। खेलभर बलमा ब्राजिलको ६० प्रतिशत नियन्त्रण थियो। तर १० खेलाडीमा समेटिएपनि उरुग्वेले ब्राजिललाई गोल रहित बराबरीमा रोक्न सक्यो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा उरुग्वे ४-२ को गोल अन्तरले विजयी भयो। ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइज गोल गर्न चुकेका थिए।

उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसकेपनि अन्य चार खेलाडीले भने गोल गरे। अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गरेसंगै उरुग्वे सेमिफाइनलमा प्रवेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *