September 19, 2024

एजेन्सी – अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पूरा भएको छ। क्वाटरफाइनलमा चार मध्ये चारै खेल सकिएसंगै सेमिफाइनलको समीकरण पूरा भएको हो।

आइतबार बिहान कोपा अमेरिकाको क्वाटरफाइनलमा कोलम्बियाले पानामालाई पराजित गर्दा उरुग्वेले ब्राजिललाई पराजित गर्यो। जससंगै उरुग्वे र कोलम्बिया सेमिफाइनलमा प्रवेश गरे।

अमेरिकाको फिनिक्समा भएको खेलमा उरुग्वेले टाइब्रेकरमा ब्राजिललाई ४-२ को अन्तरले पराजित गर्यो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो।

ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न चुके। उरुग्वेका कप्तान जोसे जिमिनेजले चुकेका थिए। तर न्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दा उरुग्वेको जित पक्का भयो।

अर्को खेलमा कोलम्बियाले पानामा विरुद्ध गोल वर्षा गर्यो। कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक-एक गोल गरेका थिए।

अर्जेन्टिनालाई सहज प्रतिद्वन्दी

कोपा अमेरिकाको सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले सबै भन्दा सहज प्रतिद्वन्दी पाएको छ। सेमिफाइनलमा अर्जेन्टिनाले क्यानाडाको सामना गर्नेछ।

क्यानाडासँग अर्जेन्टिनाको समूह चरणमा पनि भएको थियो। जुन खेलमा अर्जेन्टिना २-० को गोल अन्तरले विजयी भएको थियो। अर्को सेमिफाइनल खेलमा उरुग्वे र कोलम्बिया आमने-सामने हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *