September 19, 2024

एजेन्सी – स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। जर्मनीमा जारी युरो कपको सेमिफाइनलमा सानदार जित दर्ता गर्दै स्पेन फाइनलमा प्रवेश गरेको हो।

म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि स्पेनले २-१ को जित दर्ता गर्यो। खेलको सुरुवातमै पछि परेर पनि स्पेनले सानदार कम्ब्याक गर्न सफल भयो।

खेलको आठौँ मिनेटमै फ्रान्सले अग्रता लिएको थियो। सो गोल किलियन एमबाप्पेको उत्कृष्ट क्रसमा रान्डाल कपको मुआनीले गरेका थिए। मुआनीले हेडर मार्फत गोल गरेका थिए।

२१औं मिनेटमा स्पेनले बराबरी गोल फर्कायो। १६ वर्षीय लामिन यमालले बक्स बाहिरबाट गरेको सानदार प्रहार गोलमा परिणत भएको थियो। २५औं मिनेटमा स्पेनले अग्रता पायो।

जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र आफ्नो खुट्टामा आइपुगेपछि ड्यानी ओल्मोले गोल गरेका थिए। त्यसपछि दुवै टोलीबाट थप गोल भएनन्। फलस्वरूप स्पेन विजयी भयो।

फाइनलमा अब स्पेनले इङ्ल्यान्ड र नेदरल्याण्ड्सको विजेतासँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *