September 19, 2024

एजेन्सी – विश्वविजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ। कोपा अमेरिकाको साविक विजेता समेत रहेको अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो।

बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानाडालाई सहजै पराजित गर्यो। अर्जेन्टिनाले पहिलो र दोस्रो दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गरेको हो।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लियोनेल मेस्सीले गोल गरे। अल्भारेजको गोलबाट अर्जेन्टिनाले खेलको २२ औं मिनेटमै अग्रता पाएको थियो।

रोड्रीगो डे पलको सुन्दर थ्रु-पासमा अल्भारेजले गोल गरेका थिए। खेलको ५१ औं मिनेटमा मेस्सीले गोल गरेसंगै अर्जेन्टिना २-० ले अगाडी बढ्यो। एन्जो फर्नान्डेजको प्रहारलाई मेस्सीले गोल पोस्ट तर्फ पठाएका थिए।

जससंगै जारी प्रतियोगितामा मेस्सीको गोल खडेरी तोडिएको छ। मेस्सीले जारी प्रतियोगितामा यस अगाडीका खेलहरुमा गोल गर्न सकेका थिएनन्। अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वे मध्ये एकको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *