September 19, 2024

एजेन्सी – अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिनाले जित निकाल्दा कप्तान लियोनेल मेस्सी मेन हिरो बनेका छन्। क्यानडा विरुद्ध जित निकाल्दा मेस्सी खेलको उत्कृष्ट खेलाडी बनेका हुन्।

बुधबार बिहान कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडाको सामना गर्यो। क्यानडा विरुद्ध २-० को गोल अन्तरले विजयी हुँदा मेस्सीले पनि गोल गरे।

अल्भारेजको गोलबाट अर्जेन्टिनाले खेलको २२ औं मिनेटमै अग्रता पाएको थियो। रोड्रीगो डे पलको सुन्दर थ्रु-पासमा अल्भारेजले गोल गरेका थिए।

खेलको ५१ औं मिनेटमा मेस्सीले गोल गरेसंगै अर्जेन्टिना २-० ले अगाडी बढ्यो। एन्जो फर्नान्डेजको प्रहारलाई मेस्सीले गोल पोस्ट तर्फ पठाएका थिए।

जससंगै जारी प्रतियोगितामा मेस्सीको गोल खडेरी तोडिएको छ। मेस्सीले जारी प्रतियोगितामा यस अगाडीका खेलहरुमा गोल गर्न सकेका थिएनन्। उत्कृष्ट प्रदर्शनका लागि मेस्सीले प्लेयर अफ द म्याच अवार्ड हात पारे।

अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वे मध्ये एकको सामना गर्नेछ। अर्जेन्टिना पक्कै पनि फाइनलमा जित निकाल्दा ब्याक टु ब्याक कोपा अमेरिका जित्ने योजनामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *