September 19, 2024

एजेन्सी – स्पेनिस सेन्सेसन लामिन यमाल पछिल्लो समय निरन्तर चर्चामा छन्। बार्सिलोनाको एकेडेमीबाट माथि उठेर सिनियर टोलीमा स्थान बनाएका उनी अहिले स्पेनका लागि पनि धेरै राम्रो प्रदर्शन गरिरहेका छन्।

जर्मनीमा जारी युरो कपमा स्पेन फाइनल पुग्दा लामिन यमालले महत्वपूर्ण भूमिका निभाएका छन्। मंगलबार राति युरो कपको सेमिफाइनलमा स्पेनले फ्रान्सको सामना गर्यो।

फ्रान्स विरुद्ध कम्ब्याक जित निकाल्द लामिन यमालले पनि गोल गरे। स्पेन खेलको आठौँ मिनेटमै पछि परेको थियो। किलियन एमबाप्पेको उत्कृष्ट क्रसमा रान्डाल कपको मुआनीले गोल गर्दा स्पेन १-० ले पछि परेपनि यमालले स्पेनलाई बराबरी गोल दिलाए।

२१औं मिनेटमा स्पेनले बराबरी गोल फर्काएको थियो। सो गोल १६ वर्षीय लामिन यमालले गरेका थिए। उनले बक्स बाहिरबाट गरेको सानदार प्रहार गोलमा परिणत भएको थियो।

सो गोलसंगै यमालले नयाँ र दुर्लभ रेकर्ड बनाएका छन्। युरोपियन च्याम्पियनशिपमा गोल गर्ने सबै भन्दा कान्छा खेलाडीको रेकर्ड अब यमालको नाममा भएको छ।

यस भन्दा अगाडी यमालले युरोपियन च्याम्पियनशिपमा असिस्ट गर्ने सबै भन्दा कान्छा खेलाडी बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *