September 19, 2024

एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी २१ औं शताब्दीको सबै भन्दा उत्कृष्ट खेलाडी घोषित भएका छन्। चर्चित खेल मिडिया इएसपिएनले मेस्सी २१ औं शताब्दीको सबै भन्दा उत्कृष्ट खेलाडी रहेको दावी गरेको हो।

हालसालै इएसपिएनले २१ औं इएसपिएनले शताब्दीका २५ उत्कृष्ट खेलाडीहरुको सूची सार्वजनिक गरेको छ। सो सूचीको शिर्ष स्थानमा मेस्सीलाई राखिएको छ।

मेस्सीले आफ्नो करियरमा क्लब स्तरीय र देश स्तरीय प्रतियोगिताहरुमा लगभग सबै उपाधिहरु जितेका छन्। मेस्सीले एक विश्व कप जित्दा दुई कोपा अमेरिका उपाधि जितेका छन्। त्यस्तै उनले आठ पटक बालोन डी’ओर पनि जितेका छन्।

त्यस्तै सो सूचीको दोस्रो स्थानमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो छन्। पाँच च्याम्पियन्स लिग उपाधि, तीन प्रिमियर लिग उपाधि, दुई लालिगा उपाधि, युरो कप सँग-संगै पाँच बालोन डी’ओर जितेका रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन्।

विश्व कप, युरो कप, च्याम्पियन लिग, प्रिमियर लिग, लालिगा लगायत धेरै उपाधि जितेका फ्रेन्च लेजेण्ड थिएरी हेनरीलाई इएसपिएनले तेस्रो स्थानमा राखेको छ।

अर्का फ्रेन्च लेजेण्ड जिनेदिन जिदान चौंथो स्थानमा रहँदा लुका मोड्रिच पाँचौ स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *