September 19, 2024

एजेन्सी – जर्मनी र रियल म्याड्रिडका पूर्व मिडफिल्डर टोनी क्रुसले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छाडेपछि पहिला जस्तो सफल हुन नसकेको बताएका छन्।

एक कुराकानीका क्रममा क्रुसले रियल छाडेपछि रोनाल्डोलाई रियल छाडेपछि पहिला जस्तो धेरै उपाधि नमिलेको बताएका हुन्।

“क्रिस्टियानो रोनाल्डोसँग रियल म्याड्रिड छोडेपछि यो पहिले जस्तो भएको छैन। किनभने उनी रियलमा हुँदा उनले धेरै उपाधि जितेका थिए र धेरै सफल भएका थिए। म पक्का छु कि उनलाई पनि त्यस्तै लाग्छ।”,क्रुसले भने।

पूर्व बायर्न म्युनिख खेलाडीले जोड दिए कि उनी अझै पनि क्रिस्टियानो रोनाल्डोसँग सम्पर्कमा छन् र उनीसँग धेरै राम्रो सम्बन्ध छ।

उनले भने,”म र क्रिस्टियानो रोनाल्डो अझै सम्पर्कमा छौं, हाम्रो राम्रो सम्बन्ध छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *