September 19, 2024

एजेन्सी – साउदी क्लब अल हिलालका ब्राजिलियन स्टार नेयमार अहिले गत सिजन लागेको चोटबाट पुनस्र्थापना कार्यक्रम पूरा गरिरहेका छन् ।

विभिन्न खेल मिडियाहरुका अनुसार नेयमार रिकभरीको दिशामा राम्रो प्रगति गर्दैछन् र सामुहिक प्रशिक्षणमा सामेल हुन नजिक छन्। साउदी अल-रियादिया अखबारले नेयमार छिट्टै मैदान फिर्ता हुने दावी गरेको छ।

नेयमार विश्वकप छनोट खेलका क्रममा गत फेब्रुअरीमा घाइते भएका थिए। उनको खुट्टामा चोट लागेको थियो। त्यस पश्चात उनको खुट्टाको शल्यक्रिया गरिएको थियो।

त्यसयता उनी निरन्तर आराम गर्दै आएका थिए। नेयमार अब छिट्टै सामुहिक प्रशिक्षणमा सहभागी हुने र त्यसपछि अल हिलालको टोलीमा आवद्ध हुने बताइएको छ।

उनी साउदी रोशन लिग च्याम्पियनसिपको पहिलो ३ राउण्डमा अनुपस्थित रहनेछन्। अर्को सेप्टेम्बरको १९ तारिखमा अल-इतिहाद खेलबाट उनको पुनरागमन हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *