September 19, 2024

एजेन्सी – रियल म्याड्रिडका स्टार भिनिसियस जुनियरले साउदी अरबबाट आएको मेगा अफरलाई सिधै रिजेक्ट गरेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार भिनिसियसले साउदीबाट आएको ठूलो प्रस्तावलाई अस्विकार गरेका हुन्।

साउदी अरबबाट भिनिसियस जुनियरलाई पाँच वर्षे सम्झौताको प्रस्ताव आएको र सो प्रस्तावलाई खेलाडीले अस्विकार गरेको डियाज रिपोर्टले जनाएको छ।

रिपोर्टका अनुसार साउदी भिनिसियसलाई पाँच वर्षे सम्झौताको सट्टा १ बिलियन युरो सम्म तिर्न तयार थियो। तर सो प्रस्तावले भिनिसियसको ध्यान तान्न सकेन।

साउदी अरेबियाको खेलकुद मन्त्रालयको प्रतिनिधित्व गर्ने सार्वजनिक लगानी कोषको प्रतिनिधिमण्डलले सम्भावित कदमको लागि भिनिसियसको लीलाई सम्पर्क गरेको द एथलेटिकले पनि जनाएको छ।

भिनिसियस जुनियरको रियल म्याड्रिडसँगको हालको सम्झौता जुन २०२७ सम्मका लागि छ। ब्राजिलियन सन् २०१८ मा क्लबमा सामेल भएका थिए। उनी रियलका लागि महत्वपूर्ण प्रदर्शन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *