September 19, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल नासर सन् २०२४-२५ को सिजनको पहिलो खेलका लागि एक्सनमा उत्रँदैछ। अल नासर साउदी सुपर कपका लागि बुधबार राति एक्सनमा उत्रन लागेको हो।

साउदी सुपर कपको सेमिफाइनलको पहिलो खेलमा अल हिलाल र अल अहली साउदी मंगलबार राति आमने-सामने हुनेछन् भने बुधबार राति अल नासरले अल-ताउनको सामना गर्नेछ।

अल नासर र अल अल ताउन बीचको खेल प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार रातको १० बजे सुरु हुनेछ।

रोनाल्डो खेल्ने सम्भावना कति ?

नयाँ सिजनको पहिलो खेलका लागि पक्कै पनि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो तयार छन्। बुधबार राति रोनाल्डो मैदानमा उत्रनेछन्। रोनाल्डो पक्कै पनि सानदार सुरुवात गर्ने पक्षमा रहनेछन्।

रोनाल्डो युरो पश्चात छुट्टि मनाएर अल नासरको टोलीमा समावेश भैसकेका छन्। अल नासर र अल ताउन बीचको खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *