September 19, 2024

एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीले लिग्स कपमा पराजय भोगेको छ। लिग्स कपको क्वाटरफाइनलमा मियामी कोलम्बससँग पराजित भएको हो।

बुधबार बिहान भएको खेलमा साविक विजेता मियामी कोलम्बस सँग ३-२ को गोल अन्तरले पराजित भयो। पहिलो हाफमा १-० को अग्रता लिएको मियामी दोस्रो हाफमा कम्जोर प्रदर्शन गर्दा पराजित भएको हो।

खेलको १० औं मिनेटमा माटियास रोजासको गोलबाट मियामीले अग्रता लिएको थियो। खेलको ६२ औं मिनेटमा डिएगो गोमेजले गोल गर्दा मियामीले २-० को अग्रता पाएको थियो।

तर खेलको ६७ औं मिनेटमा क्रिस्टियन रामिरेजले कोलम्बसका लागि पहिलो गोल फर्काए। त्यसको दुई मिनेटमा डिएगो रोसीले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए।

उनै डिएगो रोसीले ८० औं मिनेटमा गोल गरेपछि कोलम्बसको जित पक्का भयो। यससंगै मियामी लिग्स कपको अन्तिम १६ बाटै बाहिरिन बाध्य भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *