September 19, 2024

एजेन्सी – साउदी सुपर कपको उपाधिका लागि साउदी क्लब अल नासर शनिबार राति एक्सनमा उत्रँदैछ। साउदी सुपर कपको फाइनलमा अल नासर र अल हिलालको सामना गर्न लागेको हो।

अल नासर र अल हिलाल बीचको खेल प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार शनिबार राति १० बजे सुरु हुनेछ।

अल नासरले साउदी सुपर कपको सेमिफाइनलमा अल ताउनलाई पराजित गरेको थियो। सो खेल अल नासर १० खेलाडीमा समेटिएर पनि २-० को गोल अन्तरले विजयी भएको थियो।

त्यस्तै अल हिलालले भने अल अहलीलाई पराजित गरेको थियो। १-१ को बराबरीमा टुंगिएको खेलमा अल हिलालले पेनाल्टीमा बाजी मारेको थियो।

शनिबार दुवै टोली जित निकाल्दै सिजनको पहिलो उपाधि जित्ने योजनामा हुनेछन्। अल हिलाल गत सिजन साउदी प्रो लिग च्याम्पियन बनेको थियो भने अल नासर लिगमा दोस्रो भएको थियो।

अल नासर र अल हिलाल शनिबार आमने-सामने हुँदा सबैको नजर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमा हुनेछ। रोनाल्डो पक्कै पनि उच्च प्रदर्शन गर्दै अल नासरबाट अर्को उपाधि जित्ने योजनामा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *