September 19, 2024

एजेन्सी – विश्व चर्चित फुटबल लिग प्रिमियर लिगको नयाँ सिजन आज देखि सुरु हुँदैछ। प्रिमियर लिगको सन् २०२४-२५ को सिजन आज रातिबाट सुरु हुन लागेको हो।

नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र फुलहाम आमने-सामने हुनेछन्। म्यानचेस्टर युनाइटेड र फुलहाम बीचको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।

खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। दुवै टोली आज जित निकाल्दै नयाँ सिजनको सुखद सुरुवात गर्ने योजनामा हुनेछन्।

सन् २०२३-२४ को सिजनमा युनाइटेड प्रिमियर लिगमा आठौँ भएको थियो भने फुलहाम १३ औं स्थानमा थियो। युनाइटेडले फुलहाम विरुद्धका ३४ प्रिमियर लिग भेट मध्ये मात्र ४ खेलमा पराजय भोगेको छ।

गत सिजन फेब्रुअरीमा भएको खेलमा युनाइटेड एक खेलमा २-१ ले पराजित हुँदा त्यस भन्दा अगाडीको खेलमा युनाइटेड १-० को गोल अन्तरले विजयी भएको थियो।

युनाइटेड र फुलहाम बीचको खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *