September 19, 2024

एजेन्सी – साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ। साउदी सुपर कपको फाइनलमा अल नासर माथि सानदार जित निकाल्दै अल हिलालले उपाधि जितेको हो।

शनिबार राति भएको खेलमा अल हिलालले अल नासरलाई ४-१ को गोल अन्तरले पराजित गर्यो। अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिक साभिक र माल्कमले एक एक गोल गरे।

अल नासरका लागि भने एक मात्र गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए। रोनाल्डोले खेलको ४४ औं मिनेटमा गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए।

तर सो अग्रता खेलको दोस्रो हाफमा तोडियो। खेलको ५५ औं मिनेटमा सेर्गेज मिलिन्कोभिक साभिकले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याएका थिए।

खेलको ६३ र ६९ औं मिनेटमा मिट्रोभिकले ब्याक टु ब्याक गोल गर्दा अल हिलालले ३-१ को अग्रता पायो। खेलको ७२ औं मिनेटमा माल्कमले गोल गर्दा अल हिलाल ४-१ को गोल अन्तरले विजयी भयो।

अल नासर साउदी प्रो लिगको उपाधिका लागि भने अल हिलाल भन्दा बढी परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *