September 19, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जित सजित नयाँ सिजनको सुखद सुरुवात गरेको छ। बार्सिलोनाले सिजनको पहिलो खेलमा भ्यालेन्सियाको घरेलु मैदानमा शनिबार जित निकालेको हो।

भ्यालेन्सिया विरुद्ध बार्सिलोनाले शनिबार राति २-१ को कम्ब्याक जित निकाल्यो। बार्सिलोनाका लागि ददुई मध्ये दुवै गोल पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गरेका थिए। भ्यालेन्सियाका लागि भने ह्यूगो डुरोले गरेका थिए।

खेलको ४४ औ मिनेटमा ह्यूगोको गोलबाट घरेलु टोलीले अग्रता पाएको थियो। तर पहिलो हाफको इन्ज्युरी समयको पाँचौ मिनेटमा बार्सिलोनाले लेवान्डोस्कीको गोलबाट बराबरी गर्यो।

खेलको ४९ औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो। जसमा लेवान्डोस्कीले गोल गरे। त्यसपछि दुवै टोलीबाट थप गोल भने भएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *