September 19, 2024

एजेन्सी – शनिबार राति साउदी क्लब अल नासरसँग उपादी जित्ने अवसर थियो। साउदी प्रो लिग च्याम्पियन अल हिलाललाई पराजित गर्न सकेको भए अल नासर साउदी सुपर लिग च्याम्पियन बन्ने थियो।

तर त्यसो हुन सकेन। पहिलो हाफमा अग्रता लिएर पनि अल नासरले लज्जस्पस हार बेहोर्न पुग्यो। अल नासर अल हिलालसँग ४-१ को गोल अन्तरले पराजित भएको थियो।

अल नासरका लागि भने एक मात्र गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए। रोनाल्डोले खेलको ४४ औं मिनेटमा गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए।

तर सो अग्रता खेलको दोस्रो हाफमा तोडियो। खेलको ५५ औं मिनेटमा सेर्गेज मिलिन्कोभिक साभिकले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याएका थिए।

खेलको ६३ र ६९ औं मिनेटमा मिट्रोभिकले ब्याक टु ब्याक गोल गर्दा अल हिलालले ३-१ को अग्रता पायो। खेलको ७२ औं मिनेटमा माल्कमले गोल गर्दा अल हिलाल ४-१ को गोल अन्तरले विजयी भयो।

आक्रोशित रोनाल्डो
अल हिलालसँग पराजित भएपछि रोनाल्डो धेरै नै आक्रोशित देखिएका थिए। सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा रोनाल्डो आफ्ना सहकर्मीहरुले धेरै खराब खेलेको संकेत गर्दै देखिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *