September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो दुर्लभ कोशेढुंगा नजिक पुगेका छन्। हाल साउदी क्लब अल नासरमा रहेका रोनाल्डो दुर्लभ कोशेढुंगा नजिक पुगेका हुन्।

साउदी सुपर कप उपाधि जित्नबाट चुकेपनि अल-नासरका लागि गोल गरेपछि क्रिस्टियानो रोनाल्डो अर्को गोलको कोसेढुङ्गा पुग्न नजिक छन्। अल हिलालसँग ४-१ को गोल अन्तरले पराजित हुँदा रोनाल्डोले एक गोल गरेका थिए।

यो गोल क्रिस्टियानो रोनाल्डोको करियरको ८ सय ९७ औं गोल थियो। यससंगै रोनाल्डो करियरको ९ सय गोल नजिक पुगेका छन्। अब मात्र ३ गोल गरे रोनाल्डोले ९ सय गोल पूरा गर्नेछन्।

यस अगाडी रोनाल्डोले साउदी सुपर कपको सेमिफाइनलमा पनि गोल गरेका थिए। रोनाल्डो अब छिट्टै राष्ट्र र क्लबका लागि कुल ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बन्नेछन्। रोनाल्डो फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा रहेका छन्।

शनिबार राति अल नासर अल हिलालसँग ४-१ को गोल अन्तरले पराजित भयो। सो खेलमा रोनाल्डोले गोल गर्दै अल नासरलाई पहिलो हाफमा अग्रता दिलाएका थिए।

तर दोस्रो हाफमा धेरै खराब प्रदर्शन गर्दा अल नासरले उपाधि अल हिलाललाई सुम्पियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *