September 19, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल नासरका एक खेलाडीले क्लब छाड्ने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार अल नासरका साडियो मानेले क्लब छाड्ने भएका हुन्।

सेनेगलका कप्तान बायर्न म्युनिखबाट गत समरमा २४ मिलियन पाउण्ड शुल्कमा अल नासर आवद्ध भएका थिए। तर अब उनले एक सिजन पछि नै क्लब छाड्ने भएका छन्।

उनले उत्कृष्ट डेब्यू सिजन खेलेका थिए। उनले अल नासरका लागि सबै प्रतियोगितामा कुल ४६ खेल खेल्दा १९ गोल गरे। साथै उनले ११ असिस्ट पनि प्रदान गरेका छन्।

हालैको एक रिपोर्टले साडियो माने र क्रिस्टियानो रोनाल्डो बीचको सम्बन्ध बिग्रिएको दावी गरेको थियो। जस कारण रोनाल्डोले क्लबलाई माने बिक्री गर्न दबाब दिएको बताइएको थियो।

माने र अल नासर बीच सन् २०२६ सम्मका लागि सम्झौता छ। माने सम्भवतः साउदीकै अल इत्तिहादमा जान सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *