September 19, 2024

एजेन्सी – साउदी अरेबियन क्लब अल नासरले साउदी प्रो लिगको नयाँ सिजनको यात्रा बिहिबारबाट सुरु गर्दैछ। साउदी प्रो लिगको सन् २०२४-२०२५ को सिजनको सुरुवात अल नासरले बिहिबार रातिबाट गर्न लागेको हो।

बिहिबार राति अल नासरले अल रैदको सामना गर्नेछ। अल नासर र अल रैद बीचको खेल अल अव्वल स्टेडियममा नेपाली समय अनुसार बिहिबार राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

क्रिस्टियानो रोनाल्डो भित्र्याएपछि साउदी प्रो लिग जित्ने योजना बनाएको अल नासरको योजना गत सिजन सफल हुन सकेको थिएन। जस कारण अल नासर यस सिजन अल नासर सिजनको सुरुवात देखि उच्च प्रदर्शन गर्ने योजनामा हुनेछ।

गत सिजन अल नासर लिगमा दोस्रो भएको थियो। त्यस्तै अल रैद भने लिगमा १२ औं भएको थियो। लिगमा भएका दुई खेल मध्ये एक खेलमा अल नासर विजयी हुँदा अर्को खेलमा अल रैद विजयी भएको थियो।

बिहिबार राति पक्कै पनि अल नासर जित निकाल्ने योजनामा हुनेछ। त्यस्तै रोनाल्डो पनि उच्च प्रदर्शन गर्दै ब्याक टु ब्याक गोल्डेन बुट जित्ने दौडमा सामेल हुने पक्षमा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *