September 19, 2024

एजेन्सी – केहि स्पेनिस खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने ब्राजिलियन युवा खेलाडी एन्ड्रिक आगामी जनवरी ट्रान्सफर विन्डोमा रियलबाट बाहिरिन सक्छन्।

स्पेनबा प्रकाशित हुने एएस सहित केहि खेल मिडियाहरुले केहि समय अगाडी मात्र रियल म्याड्रिड आवद्ध भएका एन्ड्रिक आगामी समर ट्रान्सफर विन्डोमा क्लबबाट बाहिरिन सक्ने दावी गरेका हुन्।

एन्ड्रिक केहि समय अगाडी मात्र रियलमा आवद्ध भएका थिए। लस ब्लान्कोसले पाल्मीरासबाट २५ मिलियन युरो ट्रान्सफर शुल्क र एड-अनमा ३० मिलियन दिने सहमति गरेर उनलाई भित्र्याएको थियो।

उनी अहिले विश्व फुटबलमा सबैभन्दा बढी चर्चामा रहेका युवा प्रतिभा मध्ये एक हुन्। स्पेनको राजधानीमा उनको आगमनले धेरै चर्चा सिर्जना गर्यो र उनले बार्सिलोना र एसी मिलान विरुद्ध प्रि-सिजन खेलहरू समेत खेले।

यद्यपि एन्ड्रिकले क्लबको लागि आधिकारिक डेब्यु गरेका छैनन्। रियल मड्रिडको आक्रमणमा केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियर छन् । ब्राहिम डियाज र अर्दा गुलेर पनि टोलीमा छन्।

तसर्थ, एन्ड्रिकले नियमित खेल समय पाउने सम्भावना कम छ। जस कारण उनी लोनमा रियलबाट बाहिरिन सक्ने बताइन्छ। तर उनी अहिले नभई जनवरीमा क्लबबाट बाहिरिन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *