September 19, 2024

एजेन्सी – लियोनेल मेस्सीले अर्जेन्टिनाका दुई विश्वकप छनोट खेल गुमाउने भएका छन्। चोटका कारण मेस्सीले अर्जेन्टिनाका आगामी दुई विश्वकप छनोट खेल गुमाउने भएका हुन्।

मेस्सी कोपा अमेरिकाको फाइनलका क्रममा घाइते भएका थिए। त्यसबेला उनको खुट्टामा चोट लागेको थियो। फाइनलका दौरान घाइते भएका उनलाई अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत कोलम्बिया र चिली विरुद्धका खेलमा आराम दिने निर्णय गरेको छ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले सेप्टेम्बर ५ मा चिली र पाँच दिनपछि कोलम्बियाविरुद्ध हुने खेलका लागि केहि दिन अगाडी २८ सदस्यीय टोली घोषणा गरेका थिए।

सो टोलीमा मेस्सीको नाम छैन। हालै कोपा अमेरिका जितेर राष्ट्रिय टोलीबाट सन्यास लिएका ३६ वर्षीय एन्जेल डि मारिया पनि सूचीमा छैनन्। यसको अर्थ अर्जेन्टिना विश्वकप छनोटमा मेस्सी र एन्जेल डि मारिया बिना नै एक्सनमा उत्रनेछ।

विश्वकप च्याम्पियन अर्जेन्टिना ६ खेलपछि १५ अंकसहित दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ। ६ खेल मध्ये पाँच खेलमा जित निकाल्दा अर्जेन्टिनाले एक खेलमा हार बेहोरेको छ।

Argentina Squad:

Goalkeepers: Walter Benítez (PSV Eindhoven), Gerónimo Rulli (Olympique Marseille), Juan Musso (Atalanta), Emiliano Martínez (Aston Villa).

Defenders: Gonzalo Montiel (Sevilla), Nahuel Molina (Atletico Madrid), Cristian Romero (Tottenham), Germán Pezzella (River Plate), Leonardo Balerdi (Olympique Marseille), Nicolás Otamendi (Benfica), Lisandro Martínez (Manchester United), Nicolás Tagliafico (Olympique Lyon), Valentín Barco (Brighton).

Midfielders: Leandro Paredes (Roma), Guido Rodríguez (West Ham), Alexis Mac Allister (Liverpool), Enzo Fernández (Chelsea), Giovani Lo Celso (Tottenham), Ezequiel Fernández (Al Qadisiya), Rodrigo de Paul (Atletico Madrid), Nico González (Fiorentina).

Forwards: Alejandro Garnacho (Manchester United), Matías Soulé (Roma), Giuliano Simeone, Julián Álvarez both (Atletico Madrid), Valentín Carboni (Olympique Marseille), Lautaro Martínez (Inter Milan) and Valentín Castellanos (Lazio).

Leave a Reply

Your email address will not be published. Required fields are marked *