September 19, 2024

एजेन्सी – अल नासरको साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमै ब्रेक लागेको छ। साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमा अल नासर बराबरीमा रोकिएको हो।

बिहिबार राति भएको खेलमा अल नासरले अल रैदसँग १-१ को बराबरी खेल्दै अंक बाढ्यो। बलमा राम्रो नियन्त्रण राखेर आक्रमणमा उत्रिएपनि अल नासरले जित निकाल्न सकेन।

खेलभर बलमा अल नासरको कुल ७३ प्रतिशत नियन्त्रण थियो। खेलभर अल नासरको तर्फबाट कुल २८ प्रहार भएका थिए। जसमध्ये ८ प्रहार टार्गेटमा थिए।

त्यसमध्ये एक प्रहार मात्र गोलमा परिणत गराउन अल नासर सफल भयो। अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए। उनले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए।

तर खेलको ४९ औ मिनेटमा अल रैदले पेनाल्टीमा गोल फर्कायो। त्यसपछि दुवै टोलीबाट थप भएनन्। फलस्वरूप दुवै टोलीले १-१ अंक बाँढे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *