September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि साउदी अरबको बसाई सोचे जस्तो हुन सकिरहेको छैन। साउदी क्लब अल नासर आवद्ध भएको दुई वर्ष हुन लाग्दा रोनाल्डो असन्तुष्ट बन्दै गएको बताउन थालिएको छ।

रोनाल्डो साउदी अरब उपाधि माथि उपाधि जित्न पुगेको भएपनि उनको त्यो योजना पुरा हुन कठिन भइरहेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार अल नासर निरन्तर उपाधि विमुख हुँदा रोनाल्डो असन्तुष्ट भएका हुन्।

यसैबीच अल नासरले रोनाल्डोलाई खुशी बनाउन केहि खेलाडी भित्र्याउने योजना बनाएको खबर बाहिरिएको छ। पत्रकार जोस फेलिक्स डियाजका अनुसार अल नासर राफेल लिओलाई भित्र्याउन चाहन्छ।

पोर्चुगलको राष्ट्रिय टोलीमा रोनाल्डोसंगै खेल्ने राफेल लिओलाई अल नासरले यहि ट्रान्सफर विन्डोमा भित्र्याउन प्रयास थालेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *