September 19, 2024

एजेन्सी – साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमा अल नासरले अल रैदको सामना गर्यो। खेल एक-एक को बराबरीमा रोकिँदा जित सहित नयाँ सिजनको सुरुवात गर्ने अल नासरको योजना सफल हुन सकेन।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि त्यो जितका लागि पर्याप्त भए। रोनाल्डोको एक गोलले मान्यता पाएको थिएन। भिडियो एसिस्टेन्ट रेफ्री(भिएआर)ले रोनाल्डोको दोस्रो हाफको गोललाई मान्यता दिन अस्विकार गरेको थियो।

दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ७६ औं मिनेटमा गरेको गोल अफसाइडका कारण रद्द भएको थियो। अल नासरका प्रशिक्षक लुइस क्यास्ट्रो सो निर्णयलाई लिएर असन्तुष्ट देखिए।

खेल पश्चात उनले रोनाल्डोको गोल रद्द गर्नु गलत रहेको टिप्पणी गरे। त्यस्तै पेनाल्टी नपाएकोमा पनि उनको असन्तुष्टि रह्यो।

उनले भने,”रोनाल्डोको गोल रद्द गर्नु गलत हो र हामीसँग पेनाल्टी किक पनि थियो जुन दिइएन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *