September 19, 2024

एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पराजय भोगेको छ। प्रिमियर लिगको नयाँ सिजनको दोस्रो खेलमा युनाइटेड ब्राइटनसँग पराजित भएको हो।

शनिबार ब्राइटनको घरेलु मैदानमा भएको खेलमा युनाइटेड २-१ को गोल अन्तरले पराजित भयो। खेलको अन्तिम समयमा गोल बेहोर्दा युनाइटेड हार्न पुग्यो।

युनाइटेडका लागि अमाद डिआल्लोले गोल गर्दा घरेलु टोलीका लागि ब्राइटनले डानी वेलब्याक र जोआओ पेड्रोले गोल गरे। पहिलो हाफमै ब्राइटनले वेलब्याकको गोलमा अग्रता लिएको थियो।

सो गोल खेलको ३२औं मिनेटमा भएको थियो। म्यानचेस्टर युनाइटेडले खेलको ६०औं मिनेटमा अमाद डिआल्लोको गोलमा खेल बराबरी गर्यो। जोआओ पेड्रोले खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गरे।

ब्राइटनले प्रिमियर लिगको नयाँ सिजन शानदार रुपमा शुरुवात गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । यो जितपछि ब्राइटनको २ खेलमा ६ अंक भएको छ ।

समान खेलमा युनाइटेडको ३ अंक‌ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *