एजेन्सी – मेजर सकर लिग क्लब इन्टर मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी प्रशिक्षणमा फर्किएका छन्। कोपा अमेरिका फाइनलमा घाइते भएका मेस्सी प्रशिक्षणमा फर्किएका हुन्।
लियोनल मेस्सी पिचमा फर्किन एक कदम नजिक देखिन्छन्। कोपा अमेरिकाको फाइनलमा खुट्टामा चोट लागेपछि आफ्नो रिकभरीमा अर्को कदम चालेका थिए।
ईएसपीएन रिपोर्टर लिज्जी बेचेरानोको सोशल मिडिया पोस्ट अनुसार मेस्सी प्रशिक्षणमा फर्किएका छन्। प्रशिक्षणमा फर्किएपनि मैदान फिर्ता हुन भने मेस्सीले केहि समय लिनेछन्।
पक्कै पनि उनले खेलमा फर्किनको लागि हतार गर्ने छैनन्। दक्षिण अमेरिकी विश्वकप छनोटमा मेस्सीले नखेल्ने पक्का भइसकेको छ। आगामी साताहरुमा अर्जेन्टिनाले दुई खेल खेल्दैछ।
दुवै खेलमा मेस्सी खेल्ने छैनन्। केहि समय अगाडी अर्जेन्टिनाका प्रशिक्षकले मेस्सीलाई बाहिर राखेर विश्वकप छनोट खेल्ने टोली सार्वजनिक गरेका थिए।
Messi returns to team training.
After over five weeks, he’s back with the rest for training ahead of the match against the Chicago Fire. pic.twitter.com/heT8zf3nJw
— Lizzy Becherano (@lizzy_becherano) August 28, 2024