September 19, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरो २०२४ मा पेनाल्टी मिस गरेपछि रुनु पछाडीको कारण खुलाएका छन्। एक कुराकानीका क्रममा रोनाल्डोले युरोमा पेनाल्टी मिस गरेपछि आफू किन रोए भन्ने बारे कारण खुलाएका हुन्।

आफ्नो पूर्व टोली साथी र साथी रियो फर्डिनान्डसँग आफ्नो नयाँ युट्युब च्यानलमा कुराकानी गर्दै रोनाल्डोले पोर्चुगल युरो कपबाट आउट हुने भयो भनेर भन्दा पनि अर्कै कारणले रुना पुगेको बताए।

रोनाल्डोका अनुसार खेल हेर्न आएका समर्थक, आफ्नो परिवारका कारण उनको आँशु खसेको थियो। त्यसक्रममा रोनाल्डोले ओब्लाकले उत्कृष्ट बचाउ गरेको बताउन पनि छुटाएनन्।

“मलाई लाग्छ कि ओब्लाकले उत्कृष्ट बचाउ गरे। पछिल्ला २७ पेनाल्टीमा लगातार गोल गरेपनि एक पेनाल्टीमा म चुकें। मैले गोल गर्न सकिनँ भनेर रोएको होइन। स्टेडियममा खेल हेर्न आएका समर्थक, मेरी आमा, बच्चाहरुलाई कस्तो भयो होला भनेर मेरा आँशु खसे।”,रोनाल्डोले भने।

यूरो २०२४ मा सहभागी हुँदा रोनाल्डोले कीर्तिमान बनाएका थिए। लगातार ६ युरोमा खेल्ने रोनाल्डो एक्ला खेलाडी बने। स्लोवेनिया विरुद्धको खेलमा रोनाल्डो पेनाल्टीमा चुकेपनि पेनाल्टी सुटआउटमा जित निकाल्दै पोर्चुगलले युरो २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *