September 19, 2024

एजेन्सी – पोर्चुगलका दिग्गज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले करियरमा १ हजार गोल पूरा गर्ने आफ्नो योजना रहेको बताएका छन्। एक कुराकानीका क्रममा रोनाल्डोले १ हजार गोल पूरा गर्ने आफ्नो योजना रहेको बताएका हुन्।

रोनाल्डोले आफ्नो नयाँ युट्युब च्यानलमा पूर्व म्यानचेस्टर युनाइटेड टोलीका साथी रियो फर्डिनान्डसँग सिट-डाउन अन्तर्वार्तामा आफ्नो भविष्यको बारेमा कुरा गरे।

त्यसक्रममा उनले आफू तत्कालै सन्यास लिने पक्षमा नरहेको बताए। छिट्टै ९ सय गोल पूरा गर्ने र त्यसपछि आफ्नो नजर हजार गोलमा हुने रोनाल्डोले सुनाए।

“छिट्टै म ९ सय गोल पूरा गर्नेछु। त्यसपछि हजार गोल पूरा गर्ने छु। म हजार गोल गर्न चाहन्छु।”,रोनाल्डोले भने।

रोनाल्डो ९ सय गोल गर्ने पहिलो खेल्दै बन्दैछन्। रोनाल्डोले क्लब र पोर्चुगलका लागि कुल ८ सय ९९ गोल गरिसकेका छन्। मात्र एक गोल गर्दा रोनाल्डोले ९ सय गोलको आँकडा छुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *