September 19, 2024

एजेन्सी – स्पेनिस लालिगा च्याम्पियन रियल म्याड्रिडले नयाँ सिजनमा कम्जोर सुरुवात गरेको छ। गत सिजन लालिगा उपाधि जितेको रियल नयाँ सिजनमा खासै राम्रो सुरुवात गर्न असमर्थ भएको हो।

सन् २०२४-२४ को लालिगा सिजनका सुरुवाती तीन खेलमा रियलले मात्र एक खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ। फ्रेन्च स्टार किलियन एम्बाप्पेको आगमन पश्चात पहिला भन्दा राम्रो प्रदर्शन गर्ने रियलको अपेक्षा पूरा हुन सकिरहेको छैन।

नयाँ सिजनमा विशेषतः रियलको आक्रमण र डिफेन्स दुवै कम्जोर देखिएका छन्। रियलले लालिगाको नयाँ सिजनको पहिलो खेलमा मालोर्कासँग १-१ को बराबरी खेलेको थियो।

दोस्रो खेलमा भने रियल विजयी भएको थियो। भल्लाडोलिडलाई रियलले ३-० को गोल अन्तरले पराजित गर्दा तेस्रो खेलमा भने लास पाल्माससँग १-१ को बराबरीमा रोकियो।

युवा स्टार किलियन एम्बाप्पेले रियलका लागि लालिगामा गोल गर्न सकेका छैनन्, न त उनले असिस्ट नै प्रदान गर्न सकेका छन्। युइएफए सुपर कपमा भने उनले एक गोल गरेका थिए।

रियल अहिले लालिगाको पाँचौं स्थानमा छ। उसले तीन खेलबाट ५ अंक जोडेको छ। रियल शिर्ष स्थानको बार्सिलोना भन्दा ४ अंकले पछाडी छ। बार्सिलोनाले नयाँ सिजनका सुरुवाती ३ खेल मध्ये तीन नै खेलमा जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *