September 19, 2024

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनललाई नयाँ सिजन सुरु भएको छोटो समयमै झड्का लागेको छ। यसै समर ट्रान्सफर विन्डोमा अनुबन्ध भएका खेलाडी घाइते भएसंगै आर्सनललाई झड्का लागेको हो।

यसै समर ट्रान्सफर विन्डोमा आर्सनल अनुबन्धित भएका स्पेनिस मिडफिल्डर मिकेल मेरिनो घाइते हुन पुगेका छन्। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले एक पत्रकार सम्मेलनका क्रममा सो खबरको पुष्टि गरे।

डेभिड राया र रिकार्डो कालाफिओरीसँग स्थायी सम्झौता गरेको आर्सनलले केहि दिन अगाडी मात्रै मेरिनोसँग सम्झौता गरेको थियो। तर आर्सनलका लागि पहिलो खेल खेल्नु भन्दा अगाडी नै मेरिनो घाइते हुन पुगे।

जर्मनीमा सम्पन्न युरोपियन च्याम्पियनसिपमा मेरिनोले उत्कृष्ट प्रदर्शन गरेका थिए। स्पेनी अन्तर्राष्ट्रियले जर्मनी विरुद्धको क्वार्टरफाइनल जितमा गोल समेत गरेका थिए।

मिकेल अर्टेटाले पुष्टि गरेका छन् कि उनी केहि हप्ताका लागि बाहिरिनेछन्। यसको अर्थ उनले यस साताको अन्त्यमा ब्राइटन र होभ एल्बियन विरुद्ध आर्सनलको प्रिमियर लिगको खेल गुमाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *