September 19, 2024

एजेन्सी – पोर्चुगिज क्लब बेन्फिकाका अर्जेन्टिनी स्टार एन्जेल डि मारियाले अर्जेन्टिनाको सर्वकालीन महान पोडियममा आफू ‘पहिलो’ स्थानमा पर्ने दावी गरेका छन्।

एक कुराकानीका क्रममा एन्जेल डि मारियाले आफू अर्जेन्टिनाको सर्वकालीन महान खेलाडीको सूचीको पहिलो स्थानमा पर्ने दावी गरेका हुन्। त्यसक्रममा उनले त्यसो भन्नु पछाडीको कारण समेत दिएका छन्।

उनले लियोनेल मेस्सी र डिएगो म्याराडोना यस ग्रह बाटै नरहेको दावी गरेका छन्। मेस्सी र डिएगो म्याराडोना अर्कै ग्रहबाट रहेको हुँदा आफ़ू अर्जेन्टिनाको सर्वकालीन महान पोडियममा पहिलो स्थानमा पर्ने उनको तर्क छ।

“लियो र डिएगो अर्को ग्रहबाट हुन्। त्यसैले यो मैले पहिलो स्थान ओगटे जस्तै हो। लियोसँग खेल्न पाएको र डिएगोलाई प्रशिक्षकको रूपमा पाएकोमा यो पर्याप्त छ।”,डि मारियाले भने।

३६ वर्षीय फरवार्डले २०२४ कोपा अमेरिकामा आफ्नो चम्किलो अन्तर्राष्ट्रिय करियरको उत्कृष्ट अन्त्यको आनन्द उठाए। उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्यास लिसकेका छन्।

सन् २०२२ मा अर्जेन्टिनाले विश्वकप जित्दा महत्वपूर्ण भूमिका निभाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *