September 19, 2024

एजेन्सी – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले क्रिस्टियानो रोनाल्डोलाई टोलीमा समावेश गर्दै आगामी नेसन्स लिगका लागि टोली घोषणा गरेका छन्।

जर्मनीमा सम्पन्न युरो कपमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि रोनाल्डोलाई आगामी नेसन्स लिगका लागि टोलीमा समावेश गरेका हुन्। मार्टिनेजले सेप्टेम्बर ५ मा क्रोएसिया र ८ सेप्टेम्बरमा स्कटल्याण्डविरुद्ध पोर्चुगलको घरेलु खेलअघि शुक्रबार टोलीको घोषणा गरेका थिए।

रोनाल्डोको हालैका कठिनाइहरूको बावजुद मार्टिनेजले रोनाल्डो पोर्चुगलको फुटबल टोलीको महत्वपूर्ण हिस्सा हुने संकेत गरेका छन्। पोर्चुगलले आगामी बिहिबार राति क्रोएसियाको सामना गर्दैछ।

त्यसपश्चात पोर्चुगलको सामना स्कटल्याण्डसँग हुनेछ। ३९ वर्षीय रोनाल्डो अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सबै भन्दा बढी गोल गर्ने खेलाडी रहेका छन्। उनले पोर्चुगलका लागि अहिले सम्म १ सय ३० गोल गरिसकेका छन्।

Squad:

Goalkeepers: Diogo Costa (FC Porto), Jose Sa (Wolves/ENG), Rui Silva (Real Betis/ESP)

Defenders: Ruben Dias (Manchester City/ENG), Antonio Silva (Benfica), Renato Veiga (Chelsea/ENG), Goncalo Inacio (Sporting Lisbon), Tiago Santos (Lille/FRA), Diogo Dalot (Manchester United/ENG), Nuno Mendes (Paris Saint-Germain/FRA), Nelson Semedo (Wolves/ENG)

Midfielders: Joao Palhinha (Fulham/ENG), Joao Neves (Paris Saint-Germain/FRA), Vitinha (Paris Saint-Germain/FRA), Bruno Fernandes (Manchester United/ENG), Bernardo Silva (Manchester City/ENG), Ruben Neves (Al-Hilal/KSA)

Forwards: Joao Felix (Chelsea/ENG), Francisco Trincao (Sporting Lisbon), Pedro Goncalves (Sporting Lisbon), Rafael Leao (AC Milan/ITA), Geovany Quenda (Sporting Lisbon), Pedro Neto (Chelsea/ENG), Cristiano Ronaldo (Al Nassr/KSA), Diogo Jota (Liverpool/ENG)

Leave a Reply

Your email address will not be published. Required fields are marked *