September 19, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले नयाँ रेकर्ड बनाएका छन्। म्यानचेस्टर सिटीको जितमा सानदार प्रदर्शन गरेका हालाण्डले नयाँ रेकर्ड बनाएका हुन्।

शनिबार राति सिटीले वेस्ट ह्यामको सामना गर्यो। वेस्ट ह्यामको घरेलु मैदानमा सिटी ३-१ ले विजयी हुँदा सिटीका लागि सबै गोल हालाण्डले गरे। पहिलो हाफमा दुई गोल गरेका उनले दोस्रो हाफमा ह्याट्रिक पूरा गरे।

यस सिजन हालाण्डको यो दोस्रो ह्याट्रिक हो। हालाण्डले यस सिजन प्रिमियर लिगका तीन खेलमा ७ गोल गरिसकेका छन्। प्रिमियर लिगको कुनै पनि सिजनका सुरुवाती तीन खेलमा कुनै खेलाडीले गरेको यो सर्वाधिक गोल हो।

सिटी आए देखि हालाण्डले निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। पहिलो र दोस्रो सिजनमा हालाण्डले लगातार प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए।

हालाण्डको लयलाई हेर्दा यस सिजन पनि उनी गोल्डेन बुट जित्ने योजनामा देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *